
सिमरा : वीरगन्जको वीरगन्ज युनाइटेडलाई पराजित गर्दै विभागीय टीम नेपाल आर्मी सिमरामा भइरहेको आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा आर्मीले वीरगन्ज युनाइटेडलाई ३-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
सिमरा रंगशालमा भएको खेलमा आर्मीलाई जित दिलाउन बालकृष्ण श्रेष्ठ र सन्तोष तामाङले पहिलो हाफमा गोल गरे भने दीपक गुरुङले दोस्रो हाफमा एक गोल थपे।
सोमबार सम्पन्न झापा गोल्डकपको फाइनलमा मनाङ विरुद्व खेलेका झापाका ५ खेलाडी मंगलबार आर्मी विरुद्व खेलेका थिए।
आर्मीले अब दोस्रो सेमिफाइनलमा काठमाडौंको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ।
हेटौंडाको विजय युथ क्लब र काठमाडौंको सिएमजी संकटाबीच बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ।
(फोटो : गोलनेपाल डट कम)