PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल इंगल्याण्डसँग ९० रनले पराजित



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल इंगल्याण्डसँग ९० रनले पराजित

काठमाडौं : भारतमा भइरहेको दोस्रो ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटमा नेपालले छैटौँ हार बेहोरेको छ। मंगलबार भएको आफ्नो सातौँ खेलमा नेपाल इंगल्याण्डसँग ९० रनले पराजित भएको हो।

२३४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

यसअघि भएका खेलमा नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज र श्रीलंकासँग पराजित भइसकेको छ भने दक्षिण अफ्रिका विरुद्व विजयी भएको थियो।

कर्नाटकस्थित कर्नाटक स्टेट क्रिकेट एसोसिएशनको ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाएर २३३ रन बनायो।

इंगल्याण्डका लुक ज्यासन स्मिथले शतक प्रहार गरे। यस्तै पिटर ब्लुइटले ६० रनको योगदान गरे। नेपालका पदम बहादुर बदाइलाले २ तथा सुनिल थापा मगरले १ विकेट हात पारे।

जवाफमा नेपालले १४३ रन मात्र बनाउन सक्यो। नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४२ रन बनाए। यस्तै सुनिल थापा मगरले ३० तथा किर्तन श्रेष्ठ दुवालले २७ रन जोडे। नेपालका बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा इंगल्याण्डका लुक ज्यासन स्मिथ जस्टिन हलिङवरेथले २-२ विकेट लिए।

नेपालले आगामी बुधबार आयोजक भारतसँग आफ्नो आठौं खेल खेल्नेछ भने विहिबार न्युजिल्याण्डसँग अन्तिम खेल खेल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell