PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक : सञ्चारमन्त्री कार्की



रासस

सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक : सञ्चारमन्त्री कार्की

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेशा मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएको बताएका छन्। 

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी) ले आज आमसञ्चार पत्रकारिता विश्वविद्यालयको स्थापनार्थ गरेको अन्तक्रियामा उनले पत्रकारितालाई जिम्मेवार पेशा बनाउनुपर्नेमा जोड दिए। 

उनले भने, 'सञ्चार माध्यम विशिष्टिकृत बन्दै गएको छ, त्यसका लागि जिम्मेवार र विशिष्ट व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक छ।' उनले विश्वविद्यालय स्थापना गरेर पत्रकारिता पेशालाई स्तरीय बनाउनुपर्नेमा जोड दिए। 

सञ्चारमन्त्री कार्कीले हुलाक सेवालाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गर्ने र त्यसमार्फत स्थानीय रेडियोको नवीकरण तथा अन्य सूचना सम्प्रेषणको काम गर्न सकिने बताए। 

प्रत्येक गाउँपालिकामा राम्रा पत्रकारको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारलाई आत्मरक्षाका विषयमा पोख्त बनाउनुपर्नेमा मन्त्री कार्कीको जोड थियो। उनले पत्रकारले विचार निर्माणका लागि महत्त्वपूर्ण कार्य गर्न सक्ने धारणा राखे। 

सञ्चार क्षेत्र पारदर्शी भए मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्दै उनले भने, 'एक जना चिकित्सकले एक जना विरामीमा खेलबाड गर्न सक्छ तर एक जना पत्रकारले राज्यमा ठूलो दङ्गा ल्याउन सक्छ, त्यसतर्फ सबैको ध्यान जानुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell