
काठमाडौं: सञ्चारकर्मी तथा गीतकार डीपी परिश्रमीको गीती एल्बम ‘तिर्सना’ सार्वजनिक भएको छ। एल्बममा डीपीकै शब्द रहेको सुगम संगीतमा आधारित सात वटा गीतहरु समावेश छन्।
एल्बमका गीतमा मिलन अमात्य, सत्यराज आचार्य, स्वरुपराज आचार्य, हेमन्त शर्मा, आस्था राउत, राज सिग्देल तथा प्रमोद खरेल लगायत गायक–गायिकाले स्वर दिएका छन्। एल्बमका सबै गीतहरुमा संगीतकार शम्भूजीत बासकोटाले संगीत दिएका छन्। यो एल्बमलाई डिलाइटेड म्युजिकले बजारमा ल्याएको हो।
एल्बमका दुई गीतको भने म्युजिक भिडियोहरु पनि सार्वजनिक भइसकेका छन्। मिलन अमात्यको स्वर रहेको ‘आँखाबाट’ गीतको म्युजिक भिडियो केही महिनाअघि नै सार्वजनिक भएको थियो। अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा विपना थापा तथा अनिल थापाले अभिनय गरेका छन्। निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन्।
एल्बमको ‘आज भोलि’ गीतको म्युजिक भिडियो भने यसै साता सार्वजनिक भएको छ। सत्यराज आचार्य तथा आस्था राउतको यूगल गीतको उक्त भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन्। यो भिडियोमा स्मृति बस्नेत तथा विशाल महर्जनले अभिनय गरेका छन्। अभिषेक पौडेल यो भिडियोका सम्पादक हुन्।
हेर्नुस् गीत 'आजभोली' गीतको भिडियो: