PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​अफगानिस्तानको सर्वोच्च अदालत परिसरमा आत्मघाती हमला, २० जनाको मृत्यु



पहिलोपोस्ट

​अफगानिस्तानको सर्वोच्च अदालत परिसरमा आत्मघाती हमला, २० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित सर्वोच्च अदालतमा आत्मघाती हमला भएको छ। हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ। एक अधिकारीका अनुसार हमलामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।

घाइते हुने सवै सर्वसाधरण नागरिक हुन्। घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन।

सञ्चारमाध्यमहरुका अनुसार हमला गर्नेले अदालत परिसरमा रहेको पार्किङ क्षेत्रलाई निशाना बनाएका थिए। अदालतका कर्मचारी घर फर्कने बेलामा उक्त हमला भएको हो।

सर्वोच्च अदालतमा हमला हुनुभन्दा केही घन्टा पहिले एक उच्च सरकारी अधिकारीको हत्या भएको थियो। हत्याको जिम्मेवारी तालिबानले लिएको थियो।

अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता नजीव दानिशले हमलाकारी पैदल आई आफू समेतलाई निशाना बनाएको बताएका छन्।
एक प्रत्यक्षदर्शीले समाचार संस्था एएफपीलाई बताएअनुसार पार्किङबाट बाहिर निस्कने क्रममा बिस्फोट गराइको हो।

राष्ट्रपति असरफ घानीले आतंकमारी हमला मानवताबिरुद्धको अपराध भएकोले घटनामा संलग्नलाई माफी दिन नसकिने बताए।

यसअघि पनि अफगानिस्तानका सर्वोच्च अदालतसहितका न्यायिक निकाय तालिबानको निशानामा परिसकेका छन्।

पछिल्लो पटक काबुलको संसद् भवन परिसरमा भएको बिस्फोटमा ३० जनाको मृत्यु भएको थियो। घटनाको जिम्मेवारी तालिबानले लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell