PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

'कसो कसो माया बस्यो’मा रेखा र आर्यनको जोडी



पहिलोपोस्ट

'कसो कसो माया बस्यो’मा रेखा र आर्यनको जोडी

काठमाडौं: निर्देशक सबिर श्रेष्ठले फिल्म ‘कसो कसो माया बस्यो’ घोषणा गरेका छन्। सबिर स्वयंमले फिल्म निर्माण तथा निर्देशन गर्ने भएका हुन्।

लभ स्टोरी जानरामा बन्ने फिल्मको मुख्य भूमिकामा रहनेछन् रेखा थापा र आर्यन अधिकारी। फिल्म युनिट छायाँकनका लागि आउँदो बैशाखदेखि फ्लोरमा उत्रने तथा निर्माता रहने श्रेष्ठले जानकारी दिए।

काइट्स् इन्टटेन्मेण्टको ब्यानरमा फिल्म बन्दैछ। फिल्मलाई सविसँगै रामहरी धितालले निर्माण गर्न लागेका हुन्। यसअघि यी दुईको सहकार्यमा ‘तथास्तु’ बनिसकेको छ। जसमा रेखा नै शीर्ष भूमिकामा थिइन्। फिल्मका नायक आर्यनको तेस्रो फिल्म बन्नेछ। उनले फिल्म के म तिम्रो होइन र? बाट डेब्यु गरेका हुन् भने हाल फिल्म ‘बटरफ्लाई’ को सुटिङमा व्यस्त छन्।

यति बेला फिल्मको प्री प्रोडक्सनको काम चलिरहेको छ। फिल्ममा दिनेश सुनामको संगीत, किरण खरेलको शब्द रहने छ। फिल्मको पटकथा लेखन पनि सविरले नै गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell