PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

बार्सिलोना कोपा डेल रे को फाइनलमा



पहिलोपोस्ट

बार्सिलोना कोपा डेल रे को फाइनलमा

३ रेड कार्ड, दुई गोल, एक पेनाल्टी मिस। बार्सिलोना र एथ्लेटिको मड्रिड बीच भएको कोपा डेल रे सेमिफाइनल दोस्रो लेगमा देखिएको तथ्य।

दुई खेलाडीले रेड कार्डको सामना गरेपछि ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको बार्सिलोनाले १० खेलाडीको एथ्लेटिकोलाई १-१ गोलको बराबरीमा रोक्यो। परिणाम बार्सिलोना समग्रमा ३-२ ले विजयी हुँदै स्पानिस नकआउट फुटबलको फाइनल पुग्न सफल भयो।

एथ्लेटिकोको मैदानमा भएको पहिलो लेग २-१ ले जितेको बार्सिलोनाले घरेलु मैदानमा खेल्नु अघि एक गोललको अग्रता बनाइसकेको थियो। यस्तोमा हार टारे बार्सिलोना स्वधाविक विजयी हुने थियो र त्यस्तै भयो।

नोउ क्याम्पमा ४३ औं मिनेटमा लुइस सुवारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाए। दोस्रो हाफमा एथ्लेटिकोले एक गोल फर्कायो। तर त्यो गोलललाई तीन रेर्ड कार्डले छायाँमा पारिदियो।

एथ्लेटिकोका फिलिपे लुइजलाई फल गरेका कारण ५७ औं मिनेटमा बार्सिलोनाका सर्जि रोवर्टो दोहोरो पहेँलो कार्ठको सामना गर्दै मैदान बाहिरिए।
१२ मिनेटपछि बार्सिलोनाका अर्दा तुरानलाई फल गरेपनि एथ्लेटिकोका यानिक कारास्को पनि दोहोरो पहेँलो कार्ड सामना गर्दै मैदान बाहिरिए। यस्तोमा दुवै टोली १० खेलाडीमा झर्यो।

८० मिनेटमा एथ्लेटिकोले बराबरी गर्ने मौका गुमायो। बार्सिलोनाका जेरार्ड पिकेले केभिन गमेइरोलाई फल गरेपछि एथ्लेटिकोले पेनाल्टी पाएपनि गमेइरोको प्रहार क्रस बारमा लागयो।

पेनाल्टीमा गोल गर्न नसकेपनि गमेइरोले ८३ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरी गरे। तर एथ्लेटिकोलाई फाइनल पुर्‌याउन पर्याप्त भएन।

९० औं मिनेटमा कोकेलाई फल गरेपछि सुवारेजले पनि दोहोरो पहेँलो कार्ड सामना गर्दै मैदान छाडे। त्यसपछि एक खेलाडी कम भएपनि एरुथ्लेटिकोले इन्जुरी टाइममा गोल थप्न सकेन।

बार्सिलोनाले फाइनलमा अलाभेज र सेल्टाभिगो मध्ये एकसँग उपाधिका लागि खेल्नेछ। पहिलो लेग बराबरी खेलेको यी दुईबीचको दोस्रो लेग आज हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell