PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

फिलिप लाहमले यस सिजनको अन्त्यमा सन्यास लिने



पहिलोपोस्ट

फिलिप लाहमले यस सिजनको अन्त्यमा सन्यास लिने

वायर्न म्युनिखका कप्तान फिलिप लाहमले यसै सिजनको अन्त्यपछि खोलडी जीवनबाट सन्यास लिने बताएका छन्।

मंगलबार जर्मन डिएफएल कप अन्तर्गत वल्फवर्गस्को खेलपछि लाहमले यसको घोषणा गरेका हुन्। लाहमले यस निर्णय बारे क्लबलाई जानकारी गराइसकेको बताए।

वल्फवर्गस् विरुद्वका खेलमा ३३ वर्षे डिफेन्डर लाहमले वायर्नको लागि खेलेको ५०१ औं खेल हो।

सन् २०१४ मा आफ्नै कप्तानीम जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका लाहमले राष्ट्रि टीमबाट सन्यास लिइसकेका छन्।

'यस सिजनको अन्त्यसम्म म मेरो नेतृत्वलाई निरन्तरा दिनेछु, हरेक ट्रेनिङमा हरेक दिन मेरो बेस्ट दिनेछु। म यो सबै यस सिजन मात्र गर्न सक्छु तर त्यसपछि सक्दिन।' लाहमले भने।

लाहमको यस निर्णयसँगै उनले वायर्नसँग आफ्नो सम्झौता सकिन एक वर्ष अघि नै एलिएन्ज एरेना क्लब छाड्नेछन्।
विगत एक वर्ष देखि नै यस विषयमा आफुले सोचिरहेको समेत उनले बताए।

सन् २००२ मा वायर्नको युथ टोलीबाट सिनियरमा डेब्यु गरेका लाहमले २००३ ४ र २००४ ५ को सिजन भिएफबी स्टुटगार्डमा लोनमा बिताएका थिए।
लाहमले वायर्नबाट कलबल लेभलमा ७ बुण्डेसलिगा उपाधि, ६ जर्मन कप र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell