
रोमा इटालियन सिरी ए को अंक तालिकामा दोस्रो स्थानमा उकलेको छ। मंगलबार भएको खेलमा फियोरेन्टिनालाई ४-० ले पराजित गर्दै रोमा दोस्रो स्थानमा उक्लेको छ।
घरेलु मैदानमा रोमलाई शानदार जित दिलाउन एडेन जेकोले २ तथा फेडेरिको फाजियो र राड्दा नाइङ्गोलानले १/१ गोल गरे।
यससँगै रोमाले शीर्ष स्थानको युभेन्ट्ससँगको अंक दुरी ४ मा झारेको छ। २३ खेलबाट रोमाको ५० अंक भएको छ। एक खेल कम खेलेको युभेन्ट्को ५४ अंक छ। रोमा समान खेल खेलेको नेपोली ४८ अंकसहित तेस्रो स्थानमा छ।
रोमासँग हारेको फियोरेन्टिना ३७ अंकका साथ सातौं स्थानमा छ।
युभेन्ट्सले आज क्रोनटोनसँग खेल्दैछ। यस्तै आठौं स्थानमा रहेको एसी मिलानले बोलोग्नासँग प्रतिस्पर्धा गर्नेछ।