
पाकिस्तानी सेन्सरबोर्डले हिन्दी फिल्म 'रईस' पाकिस्तानमा रोक लगाएको छ। बोर्डले फिल्म प्रदर्शनका लागि सर्टिफिकेट नदिएको बिबिसी हिन्दीले जनाएको छ। पाकिस्तानमा रहेको फिल्म डिसेट्रिब्युटर एवररेडू पिक्चर्सले बिबिसी उर्दुलाई बताए अनुसार मुस्लिम समुदायको बदनाम गरेको आरोफ शाहरुख खान अभिनित फिल्मलाई लागेको छ।
पाकिस्तानी सेन्सरबोर्डका कर्मचारीले भने,'मुसलमानलाई अपराधिक र हिंसात्मक कार्यमा सक्रिय पात्रको रुपमा देखाइएको छ।' फिल्ममा शाहरुख खानसँग मुख्य अभिनयमा छिन् पाकिस्तानी अभिनेत्री माहिरा खान।
तर अभिनेत्रीकै देशमा फिल्मले प्रदर्शन अनुमती पाएन। पाकिस्तानमा हालसालै मात्र हिन्दी फिल्म प्रदर्शनमा लागेको रोक खुलेको थियो। रईससँग सार्वजनिक 'काबिल' र त्योभन्दा अघि सार्वजनिक 'ए दिल है मुश्किल' अझै पनि पाकिस्तानका विभिन्न शहरमा देखाईंदै छ। सेन्सरले रोक लाउनु अघि माहिराले आफ्ने बलिउड डेब्यु रईसले पाकिस्तानमा पनि राम्रो व्यापार गर्ने विश्वास बिबिसी हिन्दी मार्फत राखेकी थिइन्।
'पाकिस्तानी दर्शक पनि रईस प्रदर्शन कुर्दैछन्' उनले भनेकी थिइन्। २५ जनवरीमा रईस प्रदर्शन हुनु अघि नेता राज ठाकरेले पाकिस्तानी कलाकारले बलिउडमा काम गर्नुको विरोध गरे। जसका कारण माहिरालाई फिल्म प्रचारप्रसारबाट पनि टाढा राखिएको थियो।