
२० ओभरको क्रिकेट खेलमा कति रन बन्न सक्छ? एक टिमले १२० बल खेल्दा सय, २ सय, बढीमा ३ सय रन बनाउन सक्ला।
तर एकै खेलमा ३ सय रन बनाएका कारण भारतीय युवा मोहित अलावत अहिले चर्चामा छन्।
दिल्लीस्थित स्थानिय फ्रेण्ड्स प्रिमियर लिगमा मोहितले मावीबाट खेल्दै फ्रेण्ड्स-११ विरुद्ध नटआउट ३ सय रन बनाए। उनले मात्र ७२ बलको सामना गर्दै ३९ छक्का र १४ चौका प्रहार गरे।Scorecard of Delhi's Mohit Ahlawat's 300 runs in a T20 match. @mohanstatsman pic.twitter.com/RM2AbldY4S
— Umang Pabari (@UPStatsman) February 7, 2017
राइट ह्याण्ड विकेट किपर ब्याट्सम्यान माहिले १८ औं ओभरसम्म २५० रन बनाएका थिए भने बाँकी दुई ओभरमा ५० रन थपे। उक्त खेलमा मावीले २ विकेट गुमाएर ४१६ रन बनायो। जवाफमा फ्रेण्ड्स-११ ले १३ ओभरमा अलआउट हुँदै २ सय रन मात्र बनाउन सक्यो।
२१ वर्षीय मोहितले अहिलेसम्म दिल्लीका लागि ३ फस्ट क्लास खेल खेलेका छन्। आइपिएल सिजनको २० को लागि यही फेब्रुअरीमा हुने अक्सनमा आफ्नो नाम समेत दर्ता गराएको मोहितले बताए।