PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

साम्राज्ञी र छुल्ठिमको दुई फिल्ममा 'सरप्राइजिङ इन्ट्री'



पहिलोपोस्ट

साम्राज्ञी र छुल्ठिमको दुई फिल्ममा 'सरप्राइजिङ इन्ट्री'

काठमाडौं: गत अक्टोबरमा फिल्म 'मेरो पैसा खोई?' लाई बलिउड निर्देशक विवेश शर्माले निर्देशन गर्ने खबर सार्वजनिक भयो। लगत्तै फिल्ममा नायिका वर्षा राउत र वर्षा शिवाकोटी महङ्गो रकममा अनुबन्धित भएको खबर गसिप बन्यो। तर फिल्म फ्लोरमा उत्रिएको दिन सरप्राइजिङ तरिकाले इन्ट्री भयो नायिका छुल्ठिम गुरुङको। 

फिल्मको मुख्य अभिनेेत्रीको रुपमा गुरुङले वर्षा सिवाकोटीको ठाउँ लिएकी हुन्। माघ १५ बाट फिल्मको छायांकन सुरु हुने भनिए पनि वर्षा सिवाकोटीले फिल्म छोडेपछि सुटिङ स्थगित भएको थियो। 

प्रमुख भूमिकामा रहेको भनिएकी वर्षा किन भइन् आउट? 

वर्षा भन्छिन्,'निर्माण युनिटले फिल्मको कथामै फेर्यो। मेरो जे भूमिका भनेको थियो त्यो भूमिकामै छैन।' 
फिल्म युनिट भने यस विषयमा केही बोलेको छैन। 

फिल्मलाई रोज राणाले  निर्माण गर्दैछन्। त्यस्तै छुल्ठिमसँगै वर्षा राउत र सौगात मल्लको फिल्ममा मुख्य भूमिका रहेको छ। नेपाली हिन्दी भाषामा डब हुने फिल्ममा जुही चावला, संजय मिश्रा, राजपाल यादव लगायत भारतिय कलाकारको पनि अभिनय रहनेछ। 

ड्रिम्स गर्ल साम्राज्ञी राज्यलक्ष्मीको पनि फिल्म 'मंगलम'मा इन्ट्री हुने भएको छ। यसअघि सार्वजनिक लाइन अपमा उनको नाम थिएन।
शिल्पा पोखरेल र पुष्पल खड्काको लिड अभिनय रहेको भनिएको फिल्ममा साम्राज्ञीको विशेष भूमिका रहने फिल्म निर्देशक नवल नेपालले जानकारी दिएका हुन्। 

उनको भूमिका बारे भने विवरण सार्वजनिक गरिएको छैन। फिल्म शिल्पा पोखरेल र छविराज ओझाले संयुक्त रुपमा निर्माण गर्दैछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell