PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : भारतसँग नेपालको फराकिलो हार



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : भारतसँग नेपालको फराकिलो हार

काठमाडौं : भारतमा भइरहेको दोस्रो ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटमा नेपाल भारतसँग १५२ रनको फराकिलो रन अन्तरले पराजित भएको छ। कूल १० टोलीको सहभागिता रहेको वर्ल्ड कपमा नेपालको यो सातौँ हार हो।

दक्षिण अफ्रिकालाई मात्र हराउन सकेको नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, इंगल्याण्डसँग पराजित भएको थियो।

भारतले दिएको २९० रनको उच्च लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। नेपालको लागि रमेश बहादुर बानियाले सर्वाधिक ३५ रन बनाए भने पदम बहादुर बदइलाले २८ रन जोडे। विक्रम बहादुर राना २५ रनमा नटआउट रहे।

आन्द्र प्रदेशस्थित मुलपाडु क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले १ विकेट मात्र गुमाएर २८९ रनको उच्च स्कोर बनाएको थियो। भारतका लागि ओपनर अजय कुमार रेड्डीले शतक प्रहा गरे।

रिटायर्ड हर्ट हुनुअघि उनले ५० बलमा १७ चौकाको मद्दतमा १०९ रन बनाए। अर्का ओपनर दुर्गा राव पनि ५३ रन बनाएर रिटायर्ड हर्ट भए। प्रेम कुमारलाई नेपालका सुनिल थापा मगरले २ रनमा रनआउट गरे। भेन्काटेश्वारा राव ८२ रनमा नटआउट रहे।

नेपालले भोली विहिबार वर्ल्डकपको अन्तिम खेलमा न्युजिल्याण्डसँग खेल्नेछ। ८ खेलमा एक मात्र जित हासिल गरेको नेपाल ३ अंक सहित अंक तालिकामा आठौं स्थानमा छ।

अहिलेसम्म कुनै पनि खेल नजितेको दक्षिण अफ्रिका र न्युजिल्याण्ड नेपाल भन्दा पछि छन्।

सहभागि १० टोली मध्ये लिगको शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell