PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

नेपालले केन्यासँग खेलेलगत्तै एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने



पहिलोपोस्ट

नेपालले केन्यासँग खेलेलगत्तै एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी मार्च महिनामा हुने एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने भएको छ।

एसियन क्रिकेट काउनिसल एसीसीले सार्वजनि गरेको वार्षिक क्यालेन्डर अनुसार मार्च १५ देखि २५ सम्म उक्त प्रतियोगिता हुनेछ।

जसमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता हुनेछ भने एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले भाग लिनेछन्।

५० ओभरमा खेलाइने उक्त प्रतियोगिताको आयोजक राष्ट्रको नाम भने अझै तय भइसकेको छैन।

एसीसीको दुबईमा सम्पन्न बैठकको निर्णय अनुसार टेष्ट खेल्ने टीमले राष्ट्रि टीमका चार खेलाडीसहित यु २३ खेलाडीहरु समेटेर टीम बनाउनेछन् भने अन्य चार एसोसिएट मेम्बरको राष्ट्रिय टोली नै सहभागि हुनेछ।

नेपालले मार्च ११ र १३ मा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमै केन्यासँग खेल्दैछ।

केन्यासँग खेलेलगत्तै नेपाली टोली इमर्जिङ कपमा व्यस्त हुने भएको छ। अहिले नेपाली टोली केन्या विरुद्वको खेललाई ध्यानमा राख्दै तयारीमा छ।
भर्खरै सन् १९९६ मा श्रीलंकालाई वान डे वर्ल्डकप को उपाधि जिताएका अष्ट्रेलियन कोच डेभ वाटमोरले नेपाली टोलीलाई दुई हप्ता हाई परफरमेन्स ट्रेनिङ दिएका छन्। अबको केहि दिनमै करिब दुई दर्जन खेलाडी छनोट गरी नेपाली टोलीको क्लोज क्याम्प राखिनेछ।
 
यस्तै एसीसीको क्यालेन्डर अनुसार नेपालल दुई उमेर समूहको प्रतियोगिता समेत खेल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell