PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

एसियन कप छनोटका लागि नेपालले आइतबारदेखि मात्र तयारी थाल्ने



पहिलोपोस्ट

एसियन कप छनोटका लागि नेपालले आइतबारदेखि मात्र तयारी थाल्ने

काठमाडौं : आगामी मार्चबाट सुरु हुने एएफसी एसियन कप अन्तिम चरणको छनोटका लागि नेपालले आगामी आइतबार मात्र तयारी थाल्ने भएको छ।

यसअघि आजैबाट तयारी सुरु गर्ने अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी दिएका थिए। तर तुलाधरका अनुसार अब नेपालको तयारी चारदिनपछि मात्र हुने भएको छ।

'ट्रेनिङका लागि खेलाडीहरुको नामावली आजै आइसकेको छ, तर अब तयारी भने आइतबारबाट सुरु हुनेछ।' तुलाधरले पहिलोपोस्टसँग भने।

राष्ट्रिय टीममा रहेका केही खेलाडीहरु समेत सिमरामा भइरहेको आठौं सिमरा गोल्डकपमा व्यस्त रहेका कारण अहिले सबै खेलाडी काठमाडोंमा छैनन्।

सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको लागि अन्तिम चरणको छनोट मार्च २८ देखि सुरु हुनेछ भने एक वर्षसम्म जारी रहनेछ।

नेपालसहित फिलिपन्स, ताजिकिस्तान र यमन छनोटको समूह एफमा छन्।
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell