काठमाडौं: नायिका प्रियङ्का कार्की इन्स्टाग्राममा सक्रिय अभिनेत्री हुन्। उनले मङ्गलबार मात्र आफूले सामाजिक संजाल धेरै चलाउने गरेको भन्ने क्याप्सन सहित फोटो पोस्ट गरेकी थिइन्।
आफ्ना केही आन्तरिक व्यवहार र कामहरुलाई पनि इनस्टा मार्फत फ्यानलाई देखाउँदै आएकी उनले बुधबार एउटा फोटो इन्स्टाग्राममा पोस्ट गरिन्। फोटोमा उनी प्रेगनेन्ट वुमनको भेषमा छिन्।
प्रियङ्काले रमाइलोको लागि फोटो पोस्ट गरेको थाहा हुन्छ। फोटोबारे लेखेकी छिन् – मलाई लाग्छ म प्रेगनेन्ट भएँ।
केही समय अघि इन्स्टा मार्फत उनले आफ्नो ब्यागभित्र के सामान बोक्छिन् भन्ने खुलाएकी छिन्।