PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन विजय युथलाई हराउँदै संकटा फाइनलमा



पहिलोपोस्ट

सिमरा : काठमाठौंको ए डिभिजन क्लब सिएमजी संकटा सिमरामा भइरहेको आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

राज पौडेलले खेल सकिन एक मिनेट अगाडी गरेको निर्णायक गोलको मद्दतमा संकटाले डिफेन्डिङ च्याम्पियन हैटौंडाको विजय युथलाई २-१ ले पराजित गर्‌यो।

सिमरा रंगशालमा भएको खेलको पहिलो मिनेटमै विमल रानाले गोल गर्दै हेटौंडा युथलाई अग्रता दिलाए। तर उक्त अग्रत लामो समय टिकेन। २७ औं मिनेटमा संकटाले अनिल गुरुङले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‌याए।

निर्धारित समयको खेल बराबरीतर्फ अगाडी बढिरहेको बेला राजु पौडेलले गोल गर्दै संकटालाई उपाधि नजिक पुर्‌याए।

संकटाले अब फाइनलमा नेपाल विहिबार हुने आर्मी र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग खेल्नेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell