काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहको नेपाल आईटीएफ जुनियर यु-१८ सर्किट १ प्रतियोगितामा नेपालका कुनै पनि खेलाडी क्वाटरफाइनलमा पुग्न सकेनन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा विहिबार भएको प्रिक्वाटरफाइनलमा नेपालका मायांका राण र रेन्जल लामा पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो।
गल्स सिंगल्समा मायांका राना भारतकी सारान्या गवारेसँग ६-३, ७-६ ले पराजित भइन्। यस्तै मेन्स सिंगल्समा रेन्जल लामा भारतकै अथर्व शर्मासँग ६-३, ६-४ ले पराजित भए।
गल्स सिंगल्समा भारत र चीनका ३/३ तथा थाइल्याण्ड र जापानका १/१ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन्। ब्वाइज सिंगल्समा भने भारतका ६ खेलाडी क्वाटरफाइनलमा पुगेका छन्। पोल्याण्ड र चीनबाट १/१ खेलाडीले क्वाटरफाइन्लमा स्थान बनाए।
यस्तै ब्वाइज डबल्समा हङकङका म्याथ्यु यी र नेपाल संरक्षक बज्राचार्यको जोडी क्वाटरफाइनलमा भारतीय जिस्भिन र आदर्श नगासँग ६-२, ६-४ ले पराजित भए।
ब्वाइज डबल्मा भारतका ३ जोडी तथा चीनका एक जोडीले सेमिफाइनलमा स्थन बनाएका छन् भने गल्स डबल्समा चीनको २ जोडी अन्तिम चारमा प्रवेश गरेको छ।
गत सोमबार देखि सुरु भएको पाँच दिने सर्किट १ प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ। सर्किट १ मा कूल ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यस्तै सर्किट २ फेब्रुअरी १३ देखि १७ तारिखसम्म सातदोबाटोमै सञ्चालन हुनेछ।