PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​चीनले दियो 'गौँथली' र 'फेवा', मन्त्रीले भने - 'अब अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट पनि दिनुस्'



उमेश पौडेल

​चीनले दियो 'गौँथली' र 'फेवा', मन्त्रीले भने - 'अब अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट पनि दिनुस्'

काठमाडौं : चीनले नेपाल वायुसेवा निगमलाई सफ्ट लोनमा दिएका दुईवटा जहाजलाई बुधबार औपचारिक हस्तान्तरण गरेको छ। चीनको एभिएसन कम्पनी एभिक इन्टरनेशनका भाइस प्रेसिडेन्ट जाओ  जान्सीले निगम महाप्रबन्धक सुगतरत्न कंसाकारलाई ‘गौँथली’ र ‘फेवा’ नामका दुई जहाज हस्तान्तरण गरेका हुन्। 

एभिक इन्टरनेसनल र निगमबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले औपचारिक रुपमा ५६ सिट क्षमताको एमए ६० र १८ सिट क्षमताको वाई १२ ई जहाज हस्तान्तरण गरेको हो।

कार्यक्रममा निगम महाप्रवन्धक कंसाकारले नेपाल एयरलाइन्स दक्षिण एसियामा नै सवैभन्दा भाइव्रेन्ट एयरलाइन्स भएको भन्दै नयाँ जहाजले नेपालको आन्तरिक तर्फको उडानमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए।

त्यस्तै एभिक इन्टरनेशनलका भाइस प्रेसिडेन्ट जाओले यी दुईवटा जहाजले नेपालको पर्यटन तथा अर्थतन्त्रलाई सहयोग पुग्ने बताए।

कार्यक्रममा चिनियाँ राजदुत यु होङले नेपाल चीनको एकदमै नजिकको छिमेकी भएको भन्दै भविष्यमा समेत यस्ता सहयोग गर्न सकिने बताइन्। उनले नयाँ जहाजले पर्यटनको क्षेत्रमा विकास हुने विश्वास रहेको बताइन्।

अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट चाहियो - मन्त्री शाही

चिनियाँ जहाज हस्तान्तरण कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीले चिनियाँ राजदुतसँग अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट दिन माग गरे। उनले चिनियाँ जहाज वर्ल्ड क्लासको भएको र  चिनियाँ पक्षले जहाजका पाटपुर्जा र बीमाको ग्यारेन्टी गरेका कारण जहाज चल्न सहज हुने बताए।

मन्त्री शाहीले पहिले दिएको पाइलट आइल्याण्डमा बस्ने भएको भन्दै अब नयाँ प्रशिक्षक पाइलट दिँदा उच्च हिमाली क्षेत्रमा बस्ने र नेपालको हावापानीसँग मेल खाने तिब्वत एरियाको दिन आग्रह गरे।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell