PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

इशु बनिन् मिस नेवा: हेर्नुस् प्रतियोगिताका ३५ फोटो

इशु बनिन् मिस नेवा: हेर्नुस् प्रतियोगिताका ३५ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: 'मिस नेवा नेपाल ११३७' को उपाधी इशु श्रेष्ठले जितेकी छिन्। बुधबार काठमाडौं प्रज्ञा प्रतिष्ठानमा भएको अन्तिम चरणको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर २२ इशुले उपाधी हात पारेकी हुन्। 

प्रतियोगितामा सृष्टी खड्गी सेकेन्ड रनर्स अप र ओजस्वी श्रेष्ठ फस्ट रनर्स अप घोषित भए। 

सन् २००५ देखि निरन्तर हुँदै आएको मिस नेवा नेपालको यो १२ औं संस्करण हो। २०१६ डिसेम्बरबाट सुरु भएको प्रतियोगितामा नेवारी संस्कृती, भाषा र कला उत्थानका लागि । प्रतियोगीहरुलाई विभिन्न तालिम र वर्कसपहरु गराइएको थियो। 

नेपाल फेशन होमको आयोजनामा हुँदै आएको कार्यक्रममा शिर्ष तीन उपाधी सहित पब्लिक चोइस अवार्ड, मिस ट्यालेन्टेड, बेस्ट ड्रेस, बेस्ट हेयर, स्किन, स्माइल, मिस डिसिप्लाइन, मिस सोसियल वेलफियर लगायत टाइटलमा बिजेता घोषित भए।


ट्रेन्डिङ पोस्ट

Ncell