PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​अदालतमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा



पहिलोपोस्ट

​अदालतमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी : संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलमा रहेको सर्वाेच्च अदालतको अगाडि भएको आक्रमणको निन्दा गरेको छ। 

उक्त बम आक्रमणमा परी कम्तीमा २१ जनाको ज्यान गएको छ। त्यसमा परी ४० जना सख्त घाइते भएका छन्। 

संयुक्त राष्ट्रसंघको १५ सदस्यीय उक्त परिषद्ले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो। उक्त परिषद्ले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो मानवीय अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ। 

सो आक्रमण अलकायदाले गरेको हो । उक्त आतङ्ककारी संस्थाले सो हमलाको जिम्मेवारी पनि लिएको छ। उक्त हमला सो अदालतमा गरिएको यो तीन वर्षयता तेस्रो पटक हो। 

यसअघि पनि तालिवानले अफगानिस्तानको सर्वाेच्च अदालतमा हमला गरेका थिए। मङ्गलबार पनि ती हमलाकारीले सर्वोच्च अदालतको परिसरमा नै उनीलाई लक्ष्यगरेर हमला गरेका थिए। 

सुरक्षा परिषद्को मङ्गलबार बसेको बैठकले सो हमलाप्रति दुःख व्यक्त गर्दै त्यसमा परेका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै आफन्त र परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। 

अफगानिस्तानमा हुने यस्ता मानवता विरोधी हमलाका मुख्य दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र कारबाही गर्न पनि सो परिषद्ले आग्रह गरेको छ। 

अफगानिस्तानमा पछिल्लो समयमा तालिवानले फेरी यस्ता आतङ्कारी हमलालाई तीब्रता दिन थालेका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell