PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आइएसद्वारा अफगानिस्तानमा ६ रेडक्रस कर्मचारीको हत्या, दुई अझै बेपत्ता



पहिलोपोस्ट

आइएसद्वारा अफगानिस्तानमा ६ रेडक्रस कर्मचारीको हत्या, दुई अझै बेपत्ता

एजेन्सी : अफगानिस्तानको उत्तरी प्रदेशमा अपराधिक संगठन इस्लामिक स्टेट (आइएस)ले अन्तर्राष्ट्रिय रेकक्रस समिति (आइसीआरसी) का ६ कर्मचारीको हत्या गरेको छ।

अपहरित आठजना कर्मचारीमध्ये ६ जनाको हत्या भएको हो। अन्य दुईको अवस्था पनि अज्ञात छ।

जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिज घटनाको पुष्टि गर्दै अन्य दुई कर्मचारी बेपत्ता भएको बताएका छन्। 

घटनाका सबै पीडित अफगानिस्तानकै रहेका छन्। आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तीब्र बनाएको बताएको छ। 

घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३९० किलोमिटर उत्तरतर्फ पर्दछ। रासस÷एजेन्सी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell