PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

कोपा डेल रे को उपाधिका लागि बार्सिलोना र अलाभेज भिड्ने



पहिलोपोस्ट

कोपा डेल रे को उपाधिका लागि बार्सिलोना र अलाभेज भिड्ने

स्पनेको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को उपाधिका लागि साविक विजेता बार्सिलोना र अलाभेज भिड्ने भएका छन्।

दोस्रो सेमिफाइनलमा अलाभेजले सेल्टाभिगोलाई १-० ले पराजित गर्दै बार्सिलोनासँगको फाइनल भिडन्त पक्का गरेको हो।

सेल्टा मैदानमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीम रोकिएपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा अलाभेजले सेल्टालाई १-० ले पराजित गरेको हो।

अलाभेजलाई फाइनलमा पुर्‌याउन एडगार एन्टोनिओ मेन्डेजले ८२ औं मिनेटमा एक मात्र निर्णायक गोल गरे।

बार्सिलोनाले भने एथ्लेटिको मड्रिडलाई समग्रमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

बार्सिलोनाले कोपा डेल रे को उपाधि सर्वाधिक २८ पटक जितेको छ भने अलाभेज पहिलो पटक फाइनल पुगेको हो।

उपाधिका लागि यी दुईबीचको खेल आगामी मे २७ मा हुनेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell