PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एफए कप : एक्स्ट्रा टाइममा दुई गोल गर्दै लेस्टर सिटी अन्तिम १६ मा



पहिलोपोस्ट

एफए कप : एक्स्ट्रा टाइममा दुई गोल गर्दै लेस्टर सिटी अन्तिम १६ मा

विलफ्रेड एनदिदि र डेमाराई ग्रेले एक्स्ट्रा टाइममा गोल गरेपछि लेस्टर सिटी डर्बी काउन्टिलाई ३-१ ले पराजित गर्दै एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

यसअघि भएको चौथो चरणको खेल बराबरीमा सकिएपछि यी दुईबीच रिप्ले म्याच खेलाइएको हो।

घरेलु मैदान किङ पावर स्टेडियममा ४७ औं मिनेटमा एन्डी किङ गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। तर ६१ औं मिनेटमा डर्बीका अब्दुल चमाराले गोल गर्दै १-१ को बराबरी गरे।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि ३० मिनेटको एक्स्ट्रा टाइम थप गरिएको थियो। एक्स्ट्रा टाइमको चौथो मिनेटमा एनदिदिले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए। एक्स्ट्रा टाइमको २४ औं मिनेटमा ग्रेले गोल गरेपछि लेस्टर ३-१ ले विजयी भएको हो।

लेस्टर अब अन्तिम १६ मा इंगलिस लिग वन क्लब मिलवालसँग प्रतिस्पर्धा गर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell