
इटालियन सिरी ए अन्तर्गत बुधबार भएको खेलमा लिग लिडर युभेन्ट्सले क्रोनटोनलाई हराउँदै दोस्रो स्थानको रोमा माथि ७ अंकको अग्रता बनाएको छ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले क्रोनटोनलाई २-० ले पराजित गर्यो। युभेन्ट्सको जितमा मारियो मान्डुकिच र गोन्जलो हिग्वेनले दोस्रो हाफमा गोल गरे।
जितपछि युभेन्ट्सको २३ खेलबाट ५७ अंक भएको छ भने दोस्रो स्थानको रोमाको ४८ अंक छ।
यस्तै बुधबारै भएको खेलमा ९ खेलाडीमा झरेको एसी मिलानले बोलोग्नालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको।
दुई खेलाडी कम हुनुका बावुजत पनि मारियो पसाकिले खेल सकिन एक मिनेट अगाडी निर्यााण्क गोल गरेका हुन्।
यसअघि ३८ औं मिनेटमा गाब्रिएल पालेट्टा र ५७ औं मिनेटमा जुराज कुच्काले दोहोरो पहेँलो कार्डको सामना गरेपछि मिलान ९ खेलाडीमा झरेको थियो।
जितपछि २३ खेलबाट ४० अंक जोडेको मिलान सातौं स्थानमा उक्लेको छ।