PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

टेभेजको बिर्सनलायक डेब्यु, सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिग प्लेअफबाटै आउट, ओस्कारको डेब्युमै गोल



पहिलोपोस्ट

टेभेजको बिर्सनलायक डेब्यु, सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिग प्लेअफबाटै आउट, ओस्कारको डेब्युमै गोल

धेरै खर्च गर्ने टीमको हैसियत बनाएको चीनको सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिगको प्लेअफबाटै आउट भएको छ। बुधबार भएको प्लेअफ छनोटमा सेन्हुअ अष्ट्रेलियाको ब्रिसबन रोहरसँग २-० ले पराजित भयो।

यो हारसँगै विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने कार्लोस टेभेजको डेब्यु पनि बिर्सनालायक रह्यो।

ब्रिसबन रोहरको जितमा ब्राण्डन बोरेलो र टोमी ओअरले गोल गरे।

टेभेजको क्लब आउट हुँदा ब्राजिलियन खेलाडी ओस्करले भने डेब्यु खेलमै सांघाई एसआइपिजीको लागि गोल गरेका छन्।

एएफसी चयामिपयन्स लिग प्लेअफमा सांघाई एसआइपिजीले थाइल्याण्डको सुकोथाई क्लबलाई ३-० ले हरायो। ओस्कारसँगै एसआइपिजीको लागि एल्केसन पनि गोल गरे। सुकोथाईका किअटिसाकले आत्मघाती गोल गरे।

ब्राजिलकै अर्का खेलाडी हल्क पनि एसआइपिजीबाटै खेल्छन्।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell