
धेरै खर्च गर्ने टीमको हैसियत बनाएको चीनको सांघाई सेन्हुअ एएफसी च्याम्पियन्स लिगको प्लेअफबाटै आउट भएको छ। बुधबार भएको प्लेअफ छनोटमा सेन्हुअ अष्ट्रेलियाको ब्रिसबन रोहरसँग २-० ले पराजित भयो।
यो हारसँगै विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने कार्लोस टेभेजको डेब्यु पनि बिर्सनालायक रह्यो।
ब्रिसबन रोहरको जितमा ब्राण्डन बोरेलो र टोमी ओअरले गोल गरे।
टेभेजको क्लब आउट हुँदा ब्राजिलियन खेलाडी ओस्करले भने डेब्यु खेलमै सांघाई एसआइपिजीको लागि गोल गरेका छन्।
एएफसी चयामिपयन्स लिग प्लेअफमा सांघाई एसआइपिजीले थाइल्याण्डको सुकोथाई क्लबलाई ३-० ले हरायो। ओस्कारसँगै एसआइपिजीको लागि एल्केसन पनि गोल गरे। सुकोथाईका किअटिसाकले आत्मघाती गोल गरे।
ब्राजिलकै अर्का खेलाडी हल्क पनि एसआइपिजीबाटै खेल्छन्।