
काठमाडौं: प्रणय दिवस मानिने फेब्रुअरी १४ आउँदै गर्दा नेपाली क्रिकेट टिमका शरद भेष्वाकर भने प्रेम सम्बन्ध बारे बोल्न आवश्यक नरहेको बताउछन्। नायिका निशा अधिकारीसँग सम्बन्धमा रहेको भनिएका उनले आफ्नो सम्बन्ध बारे आफूलाई भन्दा बढी अरुलाई थाहा भएको बताएका हुन्।
पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,'हामी बिचको कुरा बाहिर आउन किन आवश्यक छ? पर्सनल विषयलाई बाहिर ल्याउन जरुरी छ र?'
उनले आफ्नो र निशा अधिकारी बिचको सम्बन्ध बारे खबरहरु अनावश्यक हुन सक्छ भन्ने संज्ञा दिए। तर सम्बन्धको हल्ला अनावश्यक मान्न भने यो जोडीले कुनै ठाउँ छोडेको छैन।
निशाले २०७१को भदौ २३ गते फेसबुक पोस्ट मार्फत आफ्नो र शरदको सम्बन्ध सार्वजनिक गरेकी थिइन्। दुईजनाको फोटो सहित लेखेकी थिइन,' अङ्ग्रेजीमा लेखेकी छिन्- 'सर्वव्यापक प्रेम र हेर्नुस् मेरो भागमा परेको (माया)।'
निशाले पोस्ट सार्वजनिक गरे लगत्तै शरद र उनी सार्वजनिक कार्यक्रममा सँगै देखिन थालेका पनि हुन्।
तर केही समयपछि निशाले सो पोस्ट डिलिट गरिन्। र उनीहरुको ब्रेकअप गसिपको विषय बन्यो जुन खबरको खण्डन गर्दै आएकी छिन् निशा। शरद चाही आखिर किन चुप रहन्छन्? उसो पहिलेदेखिनै पत्रकारहरुले सोध्दा शरद् भन्ने गर्थे, 'यो मेरो पर्सनल मामला हो। यसलाई पर्सनल नै रहन दिनुस्।'