PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

नेपाल लाइफले एफपिओ पर्नेलाई पनि बोनस शेयर, ६२ करोडको बोनस शेयर बाँड्ने तयारी



पहिलोपोस्ट

नेपाल लाइफले एफपिओ पर्नेलाई पनि बोनस शेयर, ६२ करोडको बोनस शेयर बाँड्ने तयारी

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एफपिओ पर्नेहरुलाई पनि बोनस शेयर दिने भएको छ। कम्पनीको सञ्चालक समितिले अहिलेको चुक्ता पुँजीको ३०.०८ प्रतिशत हुन आउने रकमको लाभांस दिने भएको हो।
 
एफपिओपछि समायोजित पुँजीमा कम्पनीले  दिने लाभांसको हिस्सा २६.३१ प्रतिशत हुन आउँछ। कम्पनीले कर प्रयोजनका लागि लाग्ने नगद यसैबाट दिने छ। बाँकी सबै रकमको बोनस शेयर उपलब्ध गराउने छ।
 
कम्पनीले बोनस शेयर वापत ६१ करोड ९२ लाख रुपैयाँ र नगद लाभांस बापत ३ करोड २५ लाख रुपैयाँ छुट्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell