PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चितवनका १६० सुकुम्बासी परिवारलाई प्रधानमन्त्रीले दिए लालपूर्जा



पहिलोपोस्ट

चितवनका १६० सुकुम्बासी परिवारलाई प्रधानमन्त्रीले दिए लालपूर्जा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको मंगलपुरको लालबस्तीमा रहेका १ सय ६० सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेका हुन्। सो अवसरमा उनले क्याबिनेटबाट नै सुकुम्बासीका लागि विशेष ऐन र कार्यक्रमम ल्याउने तयारी भइरहेको पनि जानकारी गराए। 

सोही कार्यक्रममा उनले चुनावको तयारीमा रहन सबै नेता, कार्यकर्ता तथा सम्बन्धित निकायलाई आग्रह गरे। निर्धारित समयभित्रै  तीन तहको निर्वाचन हुने भएकाले सबैलाई तयार रहन पनि उनले आग्रह गरे।
 
पहिलो चरणको स्थानीय तहको चुनाव जेठभित्र भइसक्ने गरी निर्वाचन आयोगलाई पत्र पठाइसकेको जानकारी गराउँदै चुनावप्रति आशंका नगर्न समेत उनले आग्रह गरे। 'निर्वाचनको तयारी भइरहेको छ। जेठभित्रमै स्थानीय तहको चुनाव हुन्छ,' उनको भनाइ थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell