काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि नेपालबाट २४ खेलाडी छनोट भएका छन्। आउँदो मार्च ११ र १३ मा हुने खेलका लागि पारस खड्काको कप्तानीमा २४ जना छानिएका हुन्। आगामी आइतबारदेखि बन्द प्रशिक्षण सुरु हुनेछ।
टोलीमा विकेट किपर सुवास खकुरेल र राजु रिजाल भने परेनन्। सुवास राजु नपरेसँगै मोहम्मद आसिफ शेख, दिलीप नाथ र विनोद भण्डारीमध्ये एकले विकेट किपिङ सम्हाल्ने सम्भावन रहेको छ। विनोदसँग यसअघि पनि नेपालको लागि विकेटकिपिङ गरेको अनुभव छ।
यसबाहेक श्रीलंकामा सम्पन्न यु-१९ उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी, यु-१९ वर्ल्डककप खेलेका कुशल भूर्तेल, दीपेश श्रेष्ठ पनि टिममा अटाएका छन्।
यस्तै अनिल मण्डल, नरेश बुढाएर र पृथु बास्कोटाले पनि २४ सदस्यी टोलीमा स्थान बनाउन सकेनन्। त्रिवि क्रिकेट मैदानमा यसअघि भएको सुपर लिग म्याचको प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको हो।
आइसिसिका प्रतिनिधि वेन्काटापथी राजु, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितिले नेपाली टोलीको सूची तयार पारेको हो।
कोको परे टोलीमा?
- पारस खड्का
- ज्ञानेन्द्र मल्ल
- मोहम्मद आरिफ शेख
- अमित श्रेष्ठ
- सुसन भारी
- दिलीप नाथ
- मेहवुव आलम
- करण केसी
- मोहम्मद आसिफ शेख
- सागर पुन
- भुवन कार्की
- शरद भेषावकर
- कुशल भूर्तेल
- विक्रम सोव
- शक्ति गौचन
- अभिनाश कर्ण
- सोमपाल कामी
- सुनिल धमला
- दीपेन्द्रसिंह ऐरी
- बसन्त रेग्मी
- दीपेश श्रेष्ठ
- राजेश पुलामी मगर
- विनोद भण्डारी
- सन्दीप लामिछाने