PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रणबिर, कट्रीनाको फिल्म 'जग्गा जासूस'मा २९ वटा गीत समावेश



पहिलोपोस्ट

रणबिर, कट्रीनाको फिल्म 'जग्गा जासूस'मा २९ वटा गीत समावेश

बलिउड फिल्म 'जग्गा जासूस'मा २९ वटा गीत रहने भएको छ। अप्रिल ७ मा सार्वजनिक हुने न्यारेटिभ जानराको ड्रामामा फिल्मको कथा गीतसँग प्रस्तुत भएको बलिउड हंगामाले जनाएको छ।

फिल्मको गीतहरुका लागि संगीतकार रहेका प्रीतमले भने,'फिल्म हलिउडको लाला ल्यान्डसँग तुलना गर्न योग्य छ। यि गीतहरु बिना फिल्म अधुरो रहन्छ।'

अनुराग बासुको निर्देशनमा बनेको फिल्ममा रणबिर कपूर, कट्रीना कैफ, सायनी गुप्ता र अधा शर्माको मुख्य भूमिका रहेको छ।
फिल्मलाई सिद्धार्थ रोय कपूर, रणबिरा कपूर, अनुराग बासु र महेश समाटले संयुक्त रुपमा निर्माण गरेका हुन्।

यो म्युजिकल एडभेन्चर रोमान्टिक फिल्मले जासुसीमा सक्रिय युवा वर्गको कथा बोल्छ।

साउथ अफ्रिकामा भएको फिल्मको छायाँकन २०१४ मा नै सक्किएको थियो। फिल्मका गीतहरुकै लागि बढी समय लागेको निर्माण युनिटले बताउँदै आएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell