PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

एएफसी एसियन कप छनोट तयारीका लागि ३६ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा



पहिलोपोस्ट

एएफसी एसियन कप छनोट तयारीका लागि ३६ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा

काठमाडौं : एएफसी एसियन कप-२०१९ को क्वालिफायर म्याचका लागि ३६ सदस्यीय प्रारम्भिक टोली छनोट गरिएको छ ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्ध पहिलो खेलका लागि खेलाडी छनोटको घोषणा गरेका हुन्। गत नोभेम्बरमा भएको एएफसी सोलिडारिटी कपको विजेता टिममा रहेका २३ खेलाडीसँगै थप १३ खेलाडी पनि प्रारम्भिक सूचीमा समावेश भएका छन्।

फरवार्ड युवराज खड्का, मिड फिल्डरद्वय रवि पासवान र विश्व अधिकारी तथा डिफेन्डरद्वय विमल पाण्डे र विमल बस्नेत पहिलोपटक प्रारम्भिक सूचीमा परेका हुन्। यस्तै, साफ च्याम्पियनसिपपछि चोटका कारण टिममा नपरेका रोहित चन्द पनि सूचीमा छन्। यसबाहेक एलन न्यौपाने, हेमन्त थापा मगर, कर्ण लिम्बु, सुनिल बल, जितेन्द्र कार्की, मानबहादुर तामाङ र दिनेश राजवंशीले पनि प्रारम्भिक सूचीमा स्थान बनाएका छन्।
 
आगामी आइतबारदेखि नेपाली टोलीको प्रशिक्षण सुरु हुनेछ। मनाङ मर्स्याङ्दी क्लबका खेलाडीहरुले भने बंगलादेशमा हुने सेख कमाल इन्टरनेशल कप खेलेपछि प्रशिक्षणमा सामेल हुनेछन्। यसै महिनाको अन्तयमा मनाङले उक्त प्रतियोगिता खेल्दैछ।

एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले मार्च २८ मा फिलिपिन्ससँग अवे म्याच खेल्नेछ।


प्रारम्भिक टोलीमा परेका खेलाडी
विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्ती मगर, विशाल राई, रन्जल विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ, अन्जल विष्ट, सुजल श्रेष्ठ, किरण कुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रन्जित धिमाल
युवराज खड्का, रवि पासवान, विश्व अधिकारी, विमल पाण्डे, विमल बस्नेत, रोहित चन्द, एलन न्यौपाने, हेमन्त थापा मगर, कर्ण लिम्बु, सुनिल बल, जितेन्द्र कार्की, मानबहादुर तामाङ, दिनेश राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell