PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

अन्योलका बीच मन्त्रिपरिषद्‍को बैठक बस्दै



पहिलोपोस्ट

अन्योलका बीच मन्त्रिपरिषद्‍को बैठक बस्दै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) छनोट विवादका कारण अनिश्चित बनेको मन्त्रिपरिषद्‍को बैठक केही बेरमा बस्दैछ।
 
सत्ता गठबन्धनभित्रको विवादका कारण आजको मन्त्रिपरिषद् बैठक दिनभर अनिश्चित बनेको थियो। केहीबेरमै बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

आगामी फागुन २ गतेबाट रिक्त हुने महानिरीक्षकमा कसलाई पठाउने भन्नेबारे सहमति नजुटेको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। सत्ता गठबन्धनमै भएको किचलोका कारण आजको बैठक हुने नहुने अनिश्चित थियो।

आइजिपी उपेन्द्रकान्त अर्याल सहितका सबै एआइजीले आउँदो २ गते अवकाश पाउँदैछन्। अवकाशअघि नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने दबाब सरकारमा छ।

आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप्ने बारे पनि निर्णय हुने कानुनमन्त्री अजयशंकर नायकले बताए। २०७१ माघ २७ मा गठन भएका यी आयोगको म्याद दुई वर्ष थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell