2.jpg)
काठमाडौं : फिफाले जारी गरेको फेब्रुअरी महिनाको नयाँ वरीयतामा नेपाल दुई स्थानमा माथि उक्लन सफल भएको छ। १२० अंक रहेको नेपाल दुई स्थान फड्को मार्दै १७३ औं स्थानमा पुगेको छ।
एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा माथि १३० औं स्थानमा छ।
माल्दिभ्स ५ स्थन माथि उक्लदैँ १४० औं स्थानमा पुगेको छ। एक स्थान तल झरेको भुटान १७७ औं स्थानमा छ भने बंगलादेश १९० औं स्थानमा यथावत छ।
श्रीलंका १९६ औं स्थानमा कायम छ भने पाकिस्तान एक स्थन तल झर्दै १९८ औं स्थानमा छ।
दक्षिण एसिया छाडिसकेको अफगानिस्तान १५१ औं स्थानमा यथावत छ।
विश्व वरीयतामा भने अर्जेन्टिना शीर्ष स्थानमा कायमै रहदाँ ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा यथावत छ।
एएफसी एसियन कप छनोटको लागि नेपालको समूहमा रहेको फिलिपिन्स १२२ औं स्थानमा यथावत छ भने ताजिकिस्तान १ स्थान तल झर्दै १३३ औं स्थानमा छ। यस्तै यमन एक स्थान सुधार गर्दै १४८ औं स्थानमा छ।