PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

​पदमले बनाए कीर्तिमानी २११ रन, न्युजिल्याण्डलाई नेपालले दियो ३१६ रनको चुनौती



पहिलोपोस्ट

​पदमले बनाए कीर्तिमानी २११ रन, न्युजिल्याण्डलाई नेपालले दियो ३१६ रनको चुनौती

काठमाडौं : भारतमा भइरहेको दोस्रो स्रस्करणको ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालका पदम बहादुर बदइलाले न्युजिल्याण्ड विरुद्व कीर्तिमानी दोहारो शतक प्रहार गरेका छन्।

९० बलको सामना गरेको पदमले ३६ चौकाको मद्दतमा नटआउट २११ रन बनाए। नेपालको तर्फबाट ब्लाइण्ड वर्ल्डकपमा कुनै पनि खेलाडीले बनाएको यो सर्वाधिक रन हो। यसअघि यही प्रतिगोगितामा नेपालका सुनिल थापा मगरले वेष्टइन्डिज विरुद्व नटआउट ७० रन बनाएका थिए।

यस्तै शोभारामल डाँगीले ३९ बलमा ४ चौकाको मद्दतमा नटआउट ५३ रन बनाए। नेपालले ५१ रन अतिरिक्तबाट प्राप्त गरेको थियो। 

कर्नाट स्टेक क्रिकेट ग्राउण्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई न्युजिल्याण्ड विरुद्व ३१५ रनको विशाल योगफल तयार पार्यो।

१० टोलीको सहभागिता रहेको वर्ल्ड कपमा नेपाल यसअघि दक्षिण अफ्रिकालाई मात्र हराएको थियो भने बाँकी ७ खेलमा पराजित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell