PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सिमरा गोल्डकपको उपाधिका लागि आर्मी र संकटा भिड्ने



पहिलोपोस्ट

सिमरा : आठौं रुस्लान सिमरा गोल्डकपको उपाधिका लागि सिएमजी संकटा र नेपाल आर्मी भिड्ने भएका छन्।

विहिबार भएको दोसे सेमिफाइनलमा हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दै आर्मीले संकटासँगको फाइनल भेट पक्का गरेको हो।

पहिलो खसेमिफाइनलमा संकटाले साविक विजेता विजय युथ कलबलाई हराएको थियो।

सिमरा रंगशालमा आर्मीलाई जित दिलाउन टंक बस्नेतले निर्णायक गोल गरे। यसअघि हिमालयन शेर्पाका मान बहादुर तामाङले आत्मघाती गोल गरेपछि आर्मीले अग्रता लिएको थियो भने हेमन गुरुङले शिमालयन शेर्पाका लागि बराबरी गोल फर्काएका थिए।

आर्मी संकटाबीचको फाइनल खेल शनिबार हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell