PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आइटिएफ जुनिएर टेनिस : चीन र भारतीय खेलाडीको दबदबा



पहिलोपोस्ट

आइटिएफ जुनिएर टेनिस : चीन र भारतीय खेलाडीको दबदबा

 काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहको नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ प्रतियोगितामा सिंगल्सतर्फ सेमिफाइनल र डबल्सतर्फ फाइनल समिकरण पुरा भएको छ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा विहिबार सिंगल्सका क्वाटरफाइनल तथा डबल्सका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन्। जसमा चीन र भारतका खेलाडीहरुको वर्चस्व रहेको छ।

ब्वाइज सिंगल्सको सेमिफाइनलमा चारै जना भारतका खेलाडी प्रवेश गरेका छन् भने गर्ल्स सिंगल्समा भारत र चीनका समान २/२ खेलाडी पुगेका छन्।

ब्वाइज डबल्समा भारत र चीनका १/१ जोडी फाइनल पुगेका छन् भने गर्ल्स डबल्समा चीनको एक जोडी तथा चीन र थाइल्याण्डको खेलाडी रहेको जोडी फाइनल पुगेका छन्।

गत सोमबारदेखि सुरु भएको पाँच दिने सर्किट १ प्रतियोगिताका सेमिफाइनल तथा फाइनल खेलहरु शुक्रबार हुनेछ।

सर्किट १ मा कूल ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यस्तै सर्किट २ फेब्रुअरी १३ देखि १७ तारिखसम्म सातदोबाटोमै सञ्चालन हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell