
काठमाडौं : भारतमा भइरहेको दोस्रो स्रस्करणको ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटको अन्तिम खेलमा नेपालले न्युजिल्याण्डमाथि १४१ रनको शानदार जित हासिल गरेको छ।
यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको नेपालले दुई जितसँगै प्रतियोगितामा सुदख अन्त्य समेत गरेको छ।
आफ्नो अन्तिम खेलमा पदम बहादु बदइलाले कीर्तिमानी दोहारो शतक प्रहार गरेपछि नेपालले न्युजिल्याण्डदाई ३१६ रनको विशाल चुनौती पेश गरेको थियो।
नेपालको लागि उच्च स्कोर तयार पार्न ९० बलको सामना गरेको पदमले ३६ चौकाको मद्दतमा नटआउट २११ रन बनाए।
यस्तै शोभारामल डाँगीले ३९ बलमा ४ चौकाको मद्दतमा नटआउट ५३ रन बनाए। नेपालले ५१ रन अतिरिक्तबाट प्राप्त गरेको थियो।
जवाफमा न्युजिल्याण्डले १९.१ ओभरमा सबै विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो। न्युजिल्याण्डको लागि ब्रेट विलसनले सर्वाधिक ७२ रन बनाए भने म्याक कासकिलले २० रन जोडे। उसका ७ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
न्युजिल्याण्डलाई अलआउट गर्न नेपालका सुनिल सुवेखी क्षेत्रीले २ तथा बद्री चौलागाईँ, विक्रम बहादुर राना र किर्तन श्रेष्ठ दुवालले १/१ विकेट लिए। न्युजिल्याण्डका ५ खेलाडी रनआउट भएका थिए।
१० टोलीको सहभागीता रहेको वर्ल्ड कपमा आयोजक भारत, पाकिस्तान बंगलादेश र इंगल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।