PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​भारतमाथि पाकिस्तानले लगायो ‘गोप्य आणविक शहर’ बनाउन लागेको आरोप



पहिलोपोस्ट

​भारतमाथि पाकिस्तानले लगायो ‘गोप्य आणविक शहर’ बनाउन लागेको आरोप

इस्लामाबाद (पाकिस्तान) : पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ । 

यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर्ने कार्यालयका प्रवक्ता नफिज जकारियाले बताए। 

भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गर्दै उनले भने ‘भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुनेछ।’ 

विश्व समुदायले भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उनले आग्रह गरे। रासस÷पीटीआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell