PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​बालविवाह गर्न खोज्ने बेहुला र जन्ती विवाह मण्डपबाटै लखेटिए



पहिलोपोस्ट

सिन्धुली : सिन्धुलीको बेलघारी गाविसमा एक किशोरी क्लबल रोकिएको छ। 

बेलघारी– २ चिसापानीकी १२ वर्षीया बालिका र रानीचुरी–२ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेको विवाह स्थानीय किशोरी क्लबले रोकेको हो।

बेलघारीकै चन्द्रावति माध्यमिक विद्यालयलका कक्षा ६ मा अध्ययनरत बालिकालाई मावलीले जबर्जस्ती विवाह गर्दिन लागेको थाहा पाएपछि स्थानीय नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँ पुगेर विवाह रोकेका हुन्। 

बालिकाको विवाहका लागि मावली पक्षले पूर्ण तयारीका साथ बसेका थिए। यता बेहुला २२ वर्षीय कनक कार्की बालिकाको घरमा जन्तीसहित पुगेपछि नागरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीसहितको समूहले त्यहाँ पुगेर विवाह रोकिदिएको क्लवकी सदस्य सविता बरालले जानकारी दिइन्। 

जन्तीसहित बालविवाह गर्न गएका बेहुला कार्कीलाई नगरिक सचेतना केन्द्र र किशोरी क्लबका पदाधिकारीले त्यहाँबाट लखेटेका थिए भने बालिकालाई विवाहका बारेमा कुनै थाहासमेत नभएको स्थानीयको भनाइ छ। 

बालिकाका मावली परिवारका सदस्यलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि उनीहरु विवाह रोकिएको किशोरी समूह बेलघारीकी सदस्य बरालले बताइन। 

धनुषा स्थायी घर भएकी बालिका मावलीका हजुरबुबा हजुरआमासँग अध्ययनको सिलसिलामा बस्दै आएकी थिइन्। सिन्धुली बालविवाहको उच्च जोखिम रहेको भन्दै विभिन्न सङ्घसंस्थाले जनचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बालविवाह अझै रोक्न सकिएको छैन। बालविवाहका अधिकांश घटनामा मिलापत्र गराएर छाड्ने प्रचलन रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell