PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

युरोपले माग्यो वर्ल्डकपमा १६ स्थान



पहिलोपोस्ट

युरोपले माग्यो वर्ल्डकपमा १६ स्थान

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले सन् २०२६ को वर्ल्डकपमा युरोपलाई १६ स्थान छुट्याउन माग गरेको छ। सन् २०२६ देखि वर्ल्डकपमा सहभागिता संख्या बढाएर ४८ पुर्‌याएसँगै युरोपले उक्त प्रस्ताव अघि सारेको हो।

यस्तै युईएफले युरोपबाट छानिने १६ टीमलाई एकै समूहमा नपार्न पनि भनेको छ।

३८ टीम सहभागी हुने नयाँ स्वरुपको विश्वकपमा १६ समूहमा बनाइनेछ भने हरेक समूहमा ३ टीम राखिनेछ।

सन् २०१४ को विश्वकपमा युरोपबाट १३ टीमले खेलदै आएका छन्।

युईएफएका अध्यक्ष अलेक्जान्डर केफेरिनले उक्त प्रस्ताव यथार्तपरक रहेको भन्दै आफ्नो इच्छा सबै युरोपियन टी वर्लड कपको पहिलो चरणबाट अगाडी बढुन् भन्ने रहेको बताए।

विश्व फुटबलको सर्वोच्च नियका फिफाले आगामी मे भित्रमा सबै महादेशको कोटा छुट्याउने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell