PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मोबाइल एप्लिकेसनका कारण भयो सम्बन्धविच्छेद



पहिलोपोस्ट

मोबाइल एप्लिकेसनका कारण भयो सम्बन्धविच्छेद

'ऊबर' नामक एउटा मोबाइल एप्लिकेसनका कारण फ्रान्सका एक व्यापारीको श्रीमतीसित सम्बन्धविच्छेद हुन पुगेको छ।

ती व्यापारीकी श्रीमतीले ऊबरको ऐप्लिकेसनका कारण आफ्ना श्रीमानको अफेयर अरु महिलासित चलिरहेको कुरा थाहा पाएपछि उनले श्रीमानसित सम्बन्धविच्छेद गरेकी हुन्। यो घटनापछि झोँकमा आएका व्यापारीले ऊबरविरुद्द मुद्दा हालेका छन्। साथै उनले ४० मिलियन पाउण्ड अथवा करिब ५४ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्।

उबरकै कारण सम्बन्धविच्छेद भएको व्यापारीको आरोप छ। दक्षिणी फ्रान्सका यी व्यापारी ऊबरको एप्लिकेसनमा केही गडबडी भएको बताउँछन्। उनी बाहिर यात्रामा निस्केका बेला श्रीमतीको मोबाइलमा नोटिफिकेसन आउने गर्दथ्यो। जसको कारण उनकी श्रीमतीको मनमा श्रीमानको अरु महिलासित अफेयर चलिरहेको शङ्का उत्पन्न भयो।

ती व्यापारीले एकचोटी आफ्नी श्रीमतीको मोबाइल जाँच गरी त्यसमा ऊबरको एकाउन्टमा लगइन गरेका थिए। उनी त्यो डिभाइसमा आफूले ऊबर एकाउन्ट लगआउट गरिसकेको आरोप लगाउँछन्। यति गरे पछि पनि उनी बाहिर निस्केका बेला श्रीमतीको मोबाइलमा नोटिफिकेसन आई नै रह्यो।

ती व्यापारीकी श्रीमतीलाई श्रीमानको गतिविधिमाथि शङ्का लागेपछि उनले सम्बन्धविच्छेद गरिन्। ऊबरका प्रवक्ताले यो घटनामा कुनै पनि किसिमको टिप्पणी गर्न रुचाएनन्। उनले भने, 'यस्तो खाले निजी मामिलामा ऊबर कहिल्यै पनि सार्वजनिक टिप्पणी गर्न चाहँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell