काठमाडौं : प्रहरीले केही वर्षदेखि राजधानीमा पेसेवर रुपमा चोरी गर्दै आएका एक युवकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीवार रामेछाप दोरम्वा गाविस घर भई हाल काठमाडौंको कागेश्वरी नगरपालिकामा बस्दै आएका २६ वर्षीय भूपाल थापा मगरलाई पक्राउ गरेको हो।
गत पुस २२ गते जिल्ला भक्तपुर कौशलटारस्थित बैंकबाट नगद निकाली गठ्ठाघरतर्फ जाने क्रममा मन्दिरा अधिकरीको लेडिज ब्यागमा रहेको नगद छ लाख रुपैयाँ निकाली फरार भएका थिए। थापामाथि यसअघि पनि २०६७ चोरी तथा लुटपाट कार्यमा संलग्न रहेको आशंकामा सार्वजनिक मुद्दामा चलेको थियो। त्यस बेला उनी धरौटीमा छुटेका थिए। २०६७ सालमै फेरि उनी चोरी घटनामा धरौटी तिर्न नसकेपछि चार वर्ष कैद भुक्तान गरी छुटेका थिए।