PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फ्राइडे रिलिज, दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज, दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भए । फिल्म 'डाइङ क्यान्डल' र 'लेकसाइड' एक साथ प्रदर्शनमा आएका हुन्।

नरेशकुमार केसी निर्देशित 'डाइङ क्यान्डल' दिदी र भाइको आत्मीय सम्बन्धको चित्रण हो । फिल्ममा कलाकार सिर्जना सुब्बा प्रोटागनिस्ट रहेकी छिन्। सिर्जनासँगै लाक्पा सिंगे लामा, सौगात मल्ल र अर्पणा थापाको मुख्य अभिनय रहेको छ। फिल्मले मल्टिप्लेक्स र सिंगल स्क्रीन दुबैमा हल पाएको छ।

डाइङ क्यान्डलले हलिउडको क्वीन्स फेस्टिभलमा उपाधी जितेर आएको हो।

त्यस्तै पोखरामा छायांकन गरिएको फिल्म हो लेकसाइड। नायक जीवन लुईंटेल र नायिका निता ढुङ्गानाको मुख्य अभिनय रहेको फिल्ममा जीवन अशक्त संगीतकारको रुपमा देखिएका छन्।

राजु अधिकारीको निर्देशनम बनेको फिल्मले सिंगल स्क्रीनमा मात्र हल पाएको छ।

बलिउड तर्फ भने फिल्म 'जोली एलएलबी २' प्रदर्शनमा आएको छ ।

सन् २०१३मा सार्वजनिक  कमेडी जानराको फिल्म जोली एलएलबीको सिक्वेल यो फिल्ममा अन्नु कपूर, अक्षय कुमारको विपक्षमा वकालत गर्ने वकिलको रुपमा देखिन्छिन्।

सुवास कपुर निर्देशित फिल्ममा अक्षय कुमार, अन्नु कपुर, सौरभ शुक्ला र हुमा क्युरेशीको मुख्य अभिनय रहनेछ। फिल्ममा चार गीत समावेश छन्।

अमेरिकन सुपरन्याचुरल फिल्म 'रिङ्गस' हलिउड तर्फबाट नेपालका लागि प्रदर्शनमा आएको छ। मनोवैज्ञानिक विषय माथी बनेको फिल्मलाई जेभियर गुट्रेजले निर्देशन गरेका हुन्। फिल्ममा एलेक्स रोय र माल्तिल्दा लुजको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell