PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

श्रीस्वस्थानी व्रत आज विशेष पूजाआजा गरी समापन गरिँदै



पहिलोपोस्ट

श्रीस्वस्थानी व्रत आज विशेष पूजाआजा गरी समापन गरिँदै

काठमाडौँ : पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ। 

हिमालय पर्वतकी छोरी पार्वर्तीले एक महिना स्वस्थानीको व्रत बसेर महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ। श्रीस्वस्थानीको व्रत बस्ने प्रत्येक महिला र पुरुषले हरेक दिन स्नान गरी एक छाक खाएर मध्याह्नमा पूजाआजा गरेमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। 


एक महिनासम्म व्रत बस्नेले पूर्णिमाका दिन जनै, सुपारी, अक्षता, बेलीपुष्प, पान, मसलालगायतका सामग्री स्वस्थानी समापन स्थलमा चढाउने गर्छन्। नेपाली समाजमा आज मध्याह्नमा धूपबत्ती बाल्दै हरेक घरमा बालुवाको शिवलिंग बनाई बीचमा ॐकारले लेखेर पूजाआजा गर्ने चलन रहिआएको छ। 

श्रीस्वस्थानी व्रतकथाको अवधिमा माछामासु नखाई सफाशुद्ध मनले व्रत उपसना गरिन्छ। कथा वाचनको एक महिनाको अवधिमा घरघरमा श्रीस्वस्थानी कथा वाचनका क्रममा जम्मा भएको फूलप्रसाद पनि नजिकैको खोलामा विसर्जन गरिन्छ। समाजमा श्रीस्वस्थानी व्रतकथा सुन्ने र सुनाउने गर्नाले उचित फल पाइने विश्वास रहेको छ। कर्मसिद्धि, सुस्वास्थ्य, दीर्घजीवन तथा सुयोग्य वर प्राप्तिका निम्ति यो व्रत बस्ने गरिन्छ।

यो अवधिमा पशुपति, शालीनदी, गौरीघाट, गणेश मन्दिर आदि स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका भएकाले ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell