PahiloPost

Jan 3, 2026 | १९ पुष २०८२

'कटप्पा'लाई अब मोबाइल गेममा मार्नुस्



पहिलोपोस्ट

'कटप्पा'लाई अब मोबाइल गेममा मार्नुस्

'बाहुबली' भन्नासाथ धेरैको दिमागमा फिल्म 'बाहुबली' आउन सक्छ। तर अब बाहुबली मोबाइल गेम पनि बन्ने भएको छ। फिल्म निर्देशक एसएस राजामौली र मोबाइल गेम डेभलपर मार्क स्कैग्सले 'बाहुबली गेम'को बारेमा बिहिबार छलफल गरेका हुन्।

इन्डियन फिल्म कम्पनी आर्काले गेमबारे मार्कसँग छलफल भएको विषयमा ट्विटरमार्फत जानकारी दिएको हो।

मुनफ्रग ल्याब (गेम डेभलपर) कम्पनिका निर्देशका समेत मार्कले फार्मविल, लर्ड अफ द रिङ्ग जस्ता चर्चित गेम बनाएका छन्। उनीसँगको सहकार्यमा फिल्म युनिटले फिल्मको नाममा मोबाइल गेम बनाउन लागेको हो।


उनले पनि राजामौलीसँगको भेटमाथी ट्विटरमै सकारात्मक टिप्पणी गरेका छन्।
नेपालको लागि पनि पहिलोपटक फिल्मको पात्रमाथी गेम बनिसकेको छ। सुपरहिट फिल्म लुटको केन्द्रिय पात्र हाकु कालेको नाममा 'हाकु रन' बनेको हो। स्रोत कोड नामक समुहले मोबाइल गेम सार्वजनिक गरेको हो। 
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell