PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, तीन जिल्लाका दमकलले निभाए



दीपेन श्रेष्ठ

पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, तीन जिल्लाका दमकलले निभाए

काठमाडौँ : पाटन औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भिषण आगलागी भएको छ। ललितपुर दमकलका कर्मचारी राजकुमार ठकुरीका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा औद्योगिक क्षेत्रको ब्लक नम्बर ०९ मा आगो लागेको खबर आएको थियो। 

'हामी यहाँ आइपुग्दा आगोले भयानक रुप लिएको थियो,' उनले भने। 

काठमाडौँ र भक्तपुरका समेत दमकल र त्यहाँ रहेका पानी ट्याङ्करहरुसहितको सहयोगमा आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो। 

आगलागीबाट डेढ करोड जतिको क्षति भएको अनुमान गरिएको छ। थप फोटोहरुका लागि प्रतीक्षा गर्नुहोला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell