PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

भ्यालेनटाइन्स सरप्राइज देखेर केकीले भनिन्,'म सिङ्गल छैन'



पहिलोपोस्ट

भ्यालेनटाइन्स सरप्राइज देखेर केकीले भनिन्,'म सिङ्गल छैन'

काठमाडौं: नायिका केकी अधिकारीलाई आज एक फ्यानले 'टेडी बियर' उपहार दिएका छन्। फेब्रुअरी १०लाई भ्यालेन्टाइन्स सप्ताहको टेडी डे मानिन्छ। आज टेडी डेको अवसरमा सो फ्यानले केकीलाई सरप्राइज गिफ्ट पठाएका हुन्।

परिचय खुलाउन नचाहने ति फ्यानले पहिलोपोस्टसँगको कुराकानीमा भने,'म उनको शुभचिन्तक हुँ। केकी जीलाई सधैं सबैको माया मिलोस् भन्ने कामना गर्छु।'


अमेरिकामा बस्दै आएका उनले आफ्नो परिचय गोप्‍य राखिदिन अनुरोध गर्दै भने,'फ्यान रहेर गरेको माया, सम्मान उनको व्यक्तित्वका लागि मात्र होइन सरलता र कलाकारिताको लागि पनि हो।

उसो त केकीले फिल्म  'लभ सासा'को प्रोमोशनका क्रममा पनि एक फ्यानका तर्फबाट शुभकामना स्वरुप पार्सल उपहार प्राप्त गरेकी थिइन्।



यस्ता सरप्राइजहरुले आफूलाई उर्जा मिल्ने गरेको सुनाउछिन् केकी। भनिन्,'एक अभिनेत्रीका लागि यि सरप्राइजहरु सामान्य मान्न सकिन्छ। तर यस्ता साना साना कुराहरुले धेरै खुशी दिन्छ।'

आफ्नो गुमनाम फ्यानलाई यस्तो संदेश दिन चाहन्छिन् केकी:

तपाई को हो, कहाँबाट केही थाहा छैन। तपाईंको गोपनियताको सम्मान गर्छु। तर पनि मेरो भ्यालेनटाइन्स डे खास बनाइदिनु भएकोमा धन्यवाद।

पहिलोपोस्टसँगको कुरामा केकीले भनिन्,'म सिङ्गल छैन भन्ने कुराको प्रमाण हुन् यस्ता सरप्राइज। म प्रेममा छु मेरो कामसँग र मसँग साथ छ सयौं देखिएका, नदेखिएका शुभचिन्तकहरुको।'

फिल्म घामपानीको डबिङमा व्यस्त रहेकाले भ्यालेनटाइन्स विकले आफूलाई नछोएको बताउथिन् केकी। 'आज बिहान घरको ढोकामा मेरो नामको पार्सल देख्दा लाग्यो मेरो लागि हरेक डे भ्यालेनटाइन्स डे।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell