काठमाडौँ : पाटन औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। ललितपुर दमकलका कर्मचारी राजकुमार ठकुरीका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा औद्योगिक क्षेत्रको ब्लक नम्बर ०९ मा आगो लागेको खबर आएको थियो।
'हामी यहाँ आइपुग्दा आगोले भयानक रुप लिएको थियो,' उनले भने।
काठमाडौँ र भक्तपुरका समेत दमकल र त्यहाँ रहेका पानी ट्याङ्करहरुसहितको सहयोगमा आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट डेढ करोड जतिको क्षति भएको अनुमान गरिएको छ।