PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

चोरेको ट्विट एक लाख पटक रिट्विट हुँदा सलमान खान र नरेन्द्र मोदी पछि परे



पहिलोपोस्ट

चोरेको ट्विट एक लाख पटक रिट्विट हुँदा सलमान खान र नरेन्द्र मोदी पछि परे

माइक्रो ब्लगिङ साइट ट्विटरमा एक भारतिय युवतीले ट्विट रिट्विटको नयाँ रेकर्ड बनाएकी छिन्। नम्रता दत्त नामक युवतीले @candinam ह्यान्डलबाट गरेको ट्विटले ४० घण्टामा ९६ हजार पटक रिट्विट भएको थियो।



रमाइलो पक्ष त यो छ कि उनले सो ट्विट @thescribstories बाट कपी गरेकी थिइन्। ट्विटको अत्याधिक चर्चा भएपछी उनले आफूले ट्विट कपिपेस्ट गरेको ट्विटर मार्फतनै खुलाईन्। 
 

फेब्रअरी ७ मा लेखिएको सो ट्विटले हाल एक लाख बढी रिट्विट पाइसकेको छ। भारतिय ट्विटर युजर माझ शाहरुख खानको पछि थोरै समयमा धेरै रिट्विट भएको दोस्रो ट्विट हो। शाहरुखको गायक जयन मल्लिकसँगको फोटो एक लाख पटक रिट्विट भएको थियो।

उनको ट्विटले सलमान खान र नरेन्द्र मोदीको ट्विट रिट्विट रेकर्ड तोडेको बिबिसी हिन्दीले जनाएको छ। यसअघि सन् २०१४ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनाव जितेपछि राम्रो दिन आउने भन्दै लेखेको ट्विट ९० हजारको हाराहारीमा रिट्विट भएको थियो। 

त्यस्तै सलमान खानको ट्विटले ४६ हजार पटक रिट्विट पाएको छ। यो उनको अत्याधिक रिट्विट पाएको ट्विट हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell